६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

छोरा खोजीदिन परिवारको आग्रह

मलेशिया गएका अर्जुनधाराका युवा १६ वर्षदेखि वेपत्ता

पुस २२, २०८०, ६:५१ .आइतवार
0
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

अर्जुनधारा, २२ पुस । घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेशिया गएका अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहिन भएपछि परिवारमा चिन्ता बढेको छ ।

मेचीनगर नगरपालिका–१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा–११, प्रगतिटोल स्थित देउनियाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण कमाउन मलेशिया हानिएका थिए ।

उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् –‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेशिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’

सुकमायाका ३ छोरा र २ छोरी छन् । विनोद घरको जेठा छोरा हुन् । माइला भिम घरमा आमा–बुबासँगै छन् भने कान्छा छोरा टेकबहादुर कमाउन विदेश जाने तयारीमा काठमाडौँमा भौतारिरहेका छन् । दुईजना छोरीहरु रुमा र लीलाको विहे भइसकेको छ ।

उनका ७१ वर्षीय श्रीमान विरबहादुर घरैमा छन् । उनी धामीको रुपमा झारफुक गर्छन । विरबहादुरका अनुसार गएको ४ वर्षपछि म विरामी भएको बेला छोरासँग अन्तिम पटक कुराकानी भएदेखि अहिलेसम्म सम्पर्कमा आएको छैन ।

घरको अवस्था देखेर कमाउन गएको छोरो अहिलेसम्म फर्केर नआएपछि हामी चिन्तामा रहेको विरबहादुरले सुनाए । विरबहादुर भक्कानिदैँ भन्छन्–‘विभिन्न सपना बोकेर कमाउन विदेश गएको छोरोले न पैसा पठायो, न मान्छे नै आइपुग्यो । पैसा नपठाए पनि छोरो सकुशल घर आईदे हुन्थ्यो ।’

सुकमायाले त्यतिखेर ९० हजार ऋण खोजेर छोरालाई आफ्नै भाइ नरबहादुर मार्फत स्थानीय विकास सुब्बा (डोले) ले काठमाडौँको एक मेनपावरबाट मलेशिया पठाएको बताइन् ।

छोराले ९० हजार ऋण तिरेर श्रीमान विरामी हुँदा थप २० हजारसहित एकलाख रुपैयाँ पनि पठाएको सुकमायाको भनाई छ । तर, त्यसपछि पैसा पनि पठाएन, छोरो पनि सम्पर्कमा नआएको उनले बताइन् ।

उनले छोरा जहाँ, जस्तो अवस्थामा भएपनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।

८÷९ वर्षअघि स्थानीय हरिचन्द्र राउत मलेशिया गएका थिए । राउतलाई त्यसबेला विनोदले मलेशियाको पेनाङ स्थित बल्क्षी फेक्ट्रीमा काम गरिरहेको बताएका थिए । हरिचन्द्र र विनोदको रुम नजिक रहेको थियो । उनीहरुले रासन खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहिँ भेट भएको हरिचन्द्रले बताएका थिए ।

हरिचन्द्रका अनुसार विनोदसँग भेट हुँदा घरजान मन थियो भनेका थिए । तर, एकवर्ष म्याद थपेकोले जान नपाइने भयो भनेर कुरा गरेको हरिचन्द्रले बताएका थिए । हरिचन्द्र घर आए तर, विनोद अहिलेसम्म घर आएका छैनन् ।

विनोदका परिवारले ५ वर्षअघि डोलेसँग कुन मेनपावरबाट छोरालाई पठाएको हो खोजी गरिदिन आग्रह गरे । डोलेले कुन मेनपावरबाट हो मैले पनि विर्सिसके भन्ने जवाफ दिएको सुकमायाको गुनासो छ ।

यो भिडियो पनि हेर्नुहोला ।

 

पछिल्लो समाचार

एमाले झापा अध्यक्ष कार्की केन्द्रीय सदस्यमा मनोनित

अघिल्लो समाचार

वडाध्यक्ष कप सुरु : खुट्टीडाँगी विजयी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.