मेचीनगर, २२ पुस । प्रकृति सुपारी सहकारी संस्था मेचीनगरको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले सुपारी किसानलाई ब्यवसायिक बनाई उत्पादन, प्रशोधन र बजारीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडा, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रबन्धक मुना घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभाले आ.ब. २०८०÷२०८१ का लागि २ करोड ७० लाख रुपैयाँको प्रस्तावित बजेट पेस गरेको छ ।
सहकारीले बचत, ऋण कारोबारसँगै सुपारी उत्पादन, प्रशोधन र बजारीकरण गरी सदस्यलाई ब्यवसायिक बनाउने कार्ययोजना अघि सारेको संस्थाका सदस्य जगतबहादुर तामाङले जानकारी दिए ।
प्रकृति सुपारी सहकारी संस्थाकी अध्यक्ष फुलमाया तामाङको अध्यक्षतामा सम्पन्न सभाको स्वागत उपाध्यक्ष मनमाया तामाङले र कार्यक्रमको सञ्चालन देवीमाया तामाङले गरेकी थिइन् ।
Discussion about this post