मेचीनगर, २६ माघ । अखिल नेपाल सुपारी उत्पादक संघको केन्द्रीय संयोजकमा निलकण्ठ तिवारी सर्वसम्मत चयन भएका छन् ।
विहीबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भेलाले तिवारीको नेतृत्वमा नेपालको सुपारी खेती हुने जिल्लाहरु झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाबाट अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
भेलाले तिवारीको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । झापाबाट संयोजक तीवारीसहित सदस्यमा टीकादेवी नेपाल, मुक्तिनाथ गौतम र नगेन्द्रप्रकाश खनाल चयन भएका छन् ।
त्यस्तै मोरङ जिल्लाबाट सन्तबहादुर राई र जगतबहादुर थामी रहेका छन् । यसैगरी उदयपुरबाट नन्दीलाल चौधरी चयन भएका छन् ।
बाँकी रहेका सदस्यहरु इलाम र सुनसरी जिल्लाबाट छनोट गरिने संयोजक तीवारीले जानकारी दिए । उनका अनुसार आगामी बैठकले सदस्यहरु थ्पिने छ ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष बेनु शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव विश्व बराल, केन्द्रीय सदस्य उदयनारायण ढुंगाना, कोशी प्रदेश अध्यक्ष दुर्गा थापा (स्वस्तीक), झापा अध्यक्ष विमल निरौला लगायतको आतिथ्यता रहेको थियो ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य थिरप्रसाद खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post