मेचीनगर, १८ फागुन । यही फागुन २९ गतेदेखि मेचीनगर नगरपालिकाकाे आयोजनामा ´नगरस्तरिय खेलकुद` प्रतियोगिता हुने भएको छ ।
मेचीनगर नगरपालिका अन्तरगत खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकुद प्रतियोगिता हुन लागेको हो ।
मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको नगर ओलम्पिकमा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने मेचीनगर वरिस्ठ प्रशासकीय अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
उनका अनुसार फुटवल (महिला÷ पुरुष), भलिवल (महिला÷ पुरुष), क्रिकेट (महिला÷पुरुष), कवाडी (महिला÷पुरुष), चेस–बुद्दिचाल (खुला), कराते (३० केजी. ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी), बक्सिंग (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) र तेक्वान्दो (३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी) तौल समुहमा हुने छ ।
त्यस्तै एथलेटिक्स तर्फ हाइजम्प (महिला÷पुरुष), लंगजम्प (महिला÷पुरुष), सटपुट (महिला÷पुरुष), ज्याभलिन (महिला÷पुरुष), रिले १००८४ (पुरुष – ४), रिले १००८४ (मिक्स २ महिला – २ पुरुष), १०० मि. (महिला÷पुरुष), २०० मि. (महिला÷पुरुष), ४०० मि. (महिला÷पुरुष), ८०० मि. (महिला÷पुरुष) र ३००० मि. (महिला÷पुरुष) ले प्रतियोगितामा सहभागी हुनेछन् ।
मेचीनगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझाले फागुन २३ गतेसम्ममा नगरका पन्ध्र वटै वडाबाट खेलाडीहरु छनोट सम्पन्न गरी नगरपालिका बुझाइ सक्नुपर्ने बताए ।
उनका अनुसार वडाबाट कराते, तेक्वान्दो, बक्सिङ खेलका लागि प्रत्येक तौल समुहबाट १ जना महिला र १ जना पुरुष छनौट गरिने छ । त्यस्तै फुटबल, क्रिकेट, भलिबल, कबड्डी खेलको पनि महिला र पुरुष दुवै टिम छनोट गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी विजेता टिम तथा खेलाडीहरुलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशीले बताए ।
Discussion about this post