बिर्तामोड , १९ फागुन । आजदेखि सुरु हुने छैटौँ झापा गोल्ड कपको उद्घाटन संघीय संसदका सभामुख देवराज घिमिरेले गर्ने भएका छन् ।
शुक्रबार बिर्तामोड स्थित डोमालाल राजबंशी रंगशालामा आयोजित कार्यक्रममा झापा गोल्ड कपका अध्यक्ष विनोद वस्नेतले उक्त जानकारी गराएका हुन् ।
झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद पनि भएका हिसावले प्रमुख अतिथिका रुपमा सभामुख घिमिरले झापा गोल्ड कपको उद्घाटन गर्ने वस्नेतले बताए ।
कार्यक्रममा सिटौला, लिङदेन, बालेन आउने
कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च व्यक्तित्वहरुको उपस्थिति रहने उनको भनाई छ ।
सुरक्षाको व्यवस्था
उनले प्रतियोगिता भरि कुनै समस्या नहुने बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा स्यमसेवक, झापा गोल्ड कपका सबै विभागहरु तयारी अवस्थामा रहेको उनको भनाई छ ।
अध्यक्ष रुएँ, आक्रमक पनि भए
‘गोल्ड कपलाई सफल पार्न तन, मनले सबैलाई सहयोग गर्न आग्रह गर्दछु’, अध्यक्ष वस्नेतले रुदैँ भने–‘गोल्डकप सफल हुँदैन भनेर बजारमा भ्रमको खेती गरिरहेका छन् । मलाई विश्वास छ, इमानदार र पारदर्शीताले गोल्डकप सफल हुनेछ । सबैको साथ र सहयोग रहेको छ ।’
उद्घाटन खेलमा संकटा र एपीएफ भिड्दैँ
आज उद्घाटन खेल संकटा र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल सडनडेथमा नै हुनेछ । प्रतियोगिताभरि खेलका नियम बारे गोल्डकपका सदस्य एवम् झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिएका छन् ।
झापा गोल्डकप डटकमको वेवसाइड सार्वजनिक
सोही अवसरमा झापा गोल्ड कप डटकमको वेवसाइड पनि सार्वजनिक गरिएको थियो । प्रतियागिताभरि खेलको समाचार र प्रत्यक्ष लाइफ हेर्न र देख्न सकिने छ ।
पत्रकार महासंघ झापा गोल्डकपको सदस्य
यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्डकपको संस्थागत सदस्य बनेको छ । महासंघले २१ हजार दिएर सदस्य बनेको छ ।
पत्रकार उपचार कोषलाई १ लाख ११ हजार १११ सहयोग
झापा गोल्ड कपका अध्यक्ष वस्नेतले उद्घाटनको अवसरमा सहारा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
त्यस्तै झापा ११ बाट खेल्ने पुराना खेलाडीहरुलाई समेत सम्मान गरिने उनको भनाई छ ।
टिकट शुल्क रु.२००, ३०० र ४००
प्रतियोगिताभरि टिकट शुल्क २००, ३०० र ४०० रुपैयाँ लाग्ने छ । सेमिफाइनल र फाइनलमा सोही टिकटमा १४० रुपैयाँको जुस उपलब्ध हुने आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा झापा गोल्ड कपका अध्यक्ष वस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्की, महासचिव गजेन्द्रबहादुर पौडेल, सदस्य भगिरथ आलेले तयारीका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन झापा गोल्ड कपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।
भिडियो पनि हेर्नुहोला ।
Discussion about this post