२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ब्रदर्स युनाइटेड चन्द्रगढी सेमिफाइनलमा

चैत्र १७, २०८०, १०:१० .शनिबार
0
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, १७ चैत । सनसिटी फुटबल क्लबमाथि रोमाञ्चक जीत निकाल्दै ब्रदर्स युनाइटेड चन्द्रगढी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा सनसिटीविरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै चन्द्रगढी सेमिफाइनल प्रवेश गरेको हो ।

ब्रदर्स युनाइटेड चन्द्रगढीका लागि पहिलो हाफको इञ्जुरी समयमा सञ्जिव गिरीले गरेको गोलनै निर्णायक बन्यो । दोश्रो रोजाईमा परेका चन्द्रगढीका शक्ति राईको पासलाई सदुपयोग गर्दै सञ्जिवले गोललाई जाली चुमाउँदै टिमलाई जीततर्फ डो¥याएका थिए ।

सनसिटीले शुरुवातदेखिनै आक्रामक खेलेको थियो । १२ औँ मिनेटमा सनसिटीका आयुष श्रेष्ठले विपक्षी खेलाडी सबै बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन नसक्दा अग्रता लिनबाट चुकेको थियो । १३ औँ मिनेटमा चन्द्रगढीका कर्ण लिम्बूले गरेको प्रिकिक पोष्ट माथिबाट बाहिरियो । चन्द्रगढीका सुरज लिम्बूले १८ औँ मिनेटमा गरेको प्रहार सेकेण्ड बार हुँदै बाहिरिएको थियो ।

त्यसैगरी, ३४ औँ मिनेटमा चन्द्रगढीका शक्ति राईको वान भर्सेस वान गरेको प्रहार गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ १–० को स्थितिमा रहेको सनसिटीले दोश्रो हाफमा उत्कृष्ट मुभ बनाए पनि बल फ्रेममा राख्न नसक्दा गोल फर्काउन सकेन ।

सनसिटीका लागि ५१ औँ मिनेटमा विशाल तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षक दिपान्सु राउतले विफल बनाइदिए । घरेलु दर्शकको पूर्ण समर्थन पाएको सनसिटीका लागि ६० औँ मिनेटमा सञ्जोग मगरले प्रहार फ्रेममा रहन सकेन ।

८० औँ मिनेटमा चन्द्रगढीले पेनाल्टीमार्फत दोश्रो गोल गर्ने मौका पाएको थियो । सनसिटीका कप्तान विप्लब तामाङले चन्द्रगढीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी विकास थुलुङले प्रहार गरेका थिए । पेनाल्टीको सदुपयोग गर्न नसकेपछि चन्द्रगढी अग्रता दोब्बर हुनबाट चुक्यो ।

सनसिटीको अधिकांश प्रहार गोलमा परिणत हुन नसकेपछि खेलमा चन्द्रगढी विजयी बन्यो । चन्द्रगढीका सञ्जीव गिरी म्यान अफ दी म्याच घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।

भोलिको अन्तिम क्वाटरफाइनल खेल काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र किलारामजोत एकलब्य युवा संघ भारतबीच हुने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र मनोनयन दर्ता

अघिल्लो समाचार

किच्चकबधको सातौँ उत्खननको काम सम्पन्न

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.