अर्जुनधारा, १ बैशाख । अर्जुनधारा नगरपालिकाले दिर्घ साहित्य साधना सम्मान–२०८० बाट दुई श्रष्ठालाई नगदसहित सम्मान गरेको छ ।
नगरपालिकाले दिर्घ साहित्य साधना सम्मानबाट अर्जुनधारा–१ का कालीबहादुर थापा र अर्जुनधाराका–११ का हस्त परियारलाई जनही ५१ हजार नगदसहित प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
प्रत्येक बर्ष नगरपालिकाले प्रदान गर्दै आएको साहित्य क्षेत्रका सम्मानित ब्याक्तित्व थापालाई २०७९ सालको र परियारलाई २०८० सालको सम्मान प्रदान गरिएको थियो ।
सम्मानित ब्याक्तित्व परियारको चर्चा साहित्यकार केशव आचार्य र थापाको चर्चा साहित्यकार गणेश सिटौलाले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरोज ओली, अर्जुनधारा नगरपालिकाकी कार्यवाहक मेयर खडगमाया पराजुली, वडाध्यक्ष खगेन्द्र इङनाम, साहित्यकार पुन्य खरेल, कृष्ण बराल, शुशिला सुवेदी, सामाजिक विकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज शेर्पाले कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमको स्वागत लेखक एवम् पत्रकार कुमार भट्टराईले र सहजीकरण सौजन कटुवालले गरेका थिए ।
Discussion about this post