अर्जुनधारा, २० जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा विर्खबहादुर प्रधान निर्वाचित भएका छन् ।
आज निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै प्रधान विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मत मात्र प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतको अन्तरले पराजित । राईले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी भए । उनका प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत ल्याएका थिए ।
त्यस्तै उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेत्रप्रसाद पौडेललाई ४ मतको अन्तरले पराजित गरे । पौडेलले १४१ मतमा चित्त बुझाउनु पर्यो । कुल मतदाता ३२३ जना मध्ये ३११ जनाले मतदान गरेका थिए ।
Discussion about this post