१२ असार २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आत्महत्या न्युनिकरणमा ध्यानदिन नगरपालिकालाई ज्ञापन

जेष्ठ २१, २०८१, ७:०८ .सोमवार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ जेठ । आम नागरिकलाई आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना दिने उदेश्यले यहाँको एउटा नवगठित समितिले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

पछिल्लो समय मेचीनगरमा आत्महत्याको घटनाहरु लगातार घटेपछि स्थानीय तथा सरोकारवाला संस्थाहरुको एकभेलाले सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गरेर सक्रिय भएको छ ।

त्यहि समितिले आइतबार मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीलाई आत्महत्या न्यूनीकरणका कार्यक्रम ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

समितिका संयोजक देबेन्द्र खरेलको नेतृत्वमा उपमेयर उप्रेतीलाई बुझाइएको ज्ञापन पत्रमा मेचीनगर क्षेत्रमा आत्महत्याको दर वर्षेनी बढिरहेको र नागरिकमा भयावह त्रास व्याप्त रहेको स्मरण गराइएको छ ।

आत्महत्या जस्तो संवेदनशील समस्याका विषयमा सामाजिक जिम्मेवारीबोध गरिदिन आग्रह गर्दै समितिले रोकथाम गर्न सकिने कार्यक्रमहरुको सुझाव पेश गरेको थियो ।

समितिको सुझावमा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत मनोचिकित्सक सेवा दिन सकिने, सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न सकिने, तनाव व्यवस्थापन सम्बन्धी कार्यशाला गर्न सकिने, टोल टोलमा पुगेर अभिभावक तथा किशोरकिशोरीलाई सामाजिक तथा पारिवारिक जिम्मेवारीका बारेमा काउन्सिलिङ गर्न सकिने, संकटमोचन टोलीहरु खटाउन सकिने, विद्यालयहरुमा कार्यक्रम गर्न सकिने र चौबीसै घण्टा परामर्श एवम् सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न सकिने उल्लेख गरिएको छ ।

समितिको ध्यानाकर्षणलाई उपमेयर उप्रेतीले सकारात्मक रुपमा लिएकी छन् र आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

समितिको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई भेटेर नगरमा आत्महत्याका घटना भयावह रुपमा बढिरहेको विषयमा चिन्ता व्यक्त गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि समितिको सुझाव मननीय रहेको जनाउँदै नगरपालिकाले आवश्यक कार्यक्रम ल्याउने बचन दिएका थिए ।

पछिल्लो समाचार

एमाले अर्जुनधारा अध्यक्षमा विर्खबहादुर

अघिल्लो समाचार

सिक्किममा पीएस गोलेको ‘छलाङ’

Related Posts

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार
विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना
box -2

विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना

असार ८, २०८३, १२:३४ .सोमवार
झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का
banner -2

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा खड्का

असार ८, २०८३, ५:५४ .सोमवार
बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`
banner -1

बाहुनडाँगीका स्थानीय भन्छन्-´सरकार हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.