२८ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

यसरी रोक्न सकिन्छ प्रेसर

असार ७, २०८१, ३:४३ .शुक्रबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा । उच्च रक्तचाप अहिले धेरैमा देखिरहेको समस्या हो ।

विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । यो बढ्नुको कारण मध्य एक हो खानपान र अर्को जीवनशैली ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ ।

शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्तचाप मापन गर्दा ७० प्रतिशत मानिसमा उच्च रक्तचाप भएको देखिएको छ ।

असन्तुलित खानपान, एक्सरसाइजको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको छ । ठूलो संख्यामा रक्तचाप बढी हुने कारण यही हो । यसबाहेक वंशाणुगत कारणले पनि यसको समस्या देखिन्छ । यो हाम्रो नियन्त्रण भित्र हुँदैन ।

तर खानापान र जीवनशैलीका कारण निम्तिएको उच्च रक्तचापको समस्या समाधान हाम्रै नियन्त्रणमा छ । खानपान र जीवनशैलीलाई परिमार्जन गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।

खानपानको शैली निकै परिवर्तन हुँदै गएको छ । शरिरमा सोडियम नामक मिनिरलको मात्रा बढ्दै गइरहेको छ । सोडियम शरिरलाई जरुरी मिनिरल नै हो तर आवश्यकता भन्दा बढी प्रयोगले समस्या निम्त्याउछ । यसको अत्याधिक प्रयोगका कारण रक्तचापको समस्या निम्तिरहेको छ ।

स्वास्थ्यको हिसाबले नुनको मात्रा बढी हुनुलाई राम्रो मानिदैन । यसले गर्दा पनि रक्तचाप बढ्ने हुन्छ । व्यापारिक हिसाबले बनाइएका जंक फुडहरुले पनि रक्तचाप बढाउन मद्दत गर्छन् । किनभने यस्तो खानामा सोडियमको मात्र बढी नै हुन्छ ।

खाना मिठो होस् भन्ने हिसाबले बनाइएको हन्छ । गुलियो खानेकुरा बनाउँदा पनि सोडियम हालेको हुन्छ । नुनिलो बनाउँदा पनि बढी सोडियम हालिएको हुन्छ । अजिनामोटोमा पनि सोडियम हुन्छ । ससेज, बिस्कुट, क्यान फुड लगायतका खाना उच्च रक्तचाप बनाउन सहयोगी हुन्छन् ।

चिल्लो बोसो भएको खानाले पनि रक्त चाप बढाउँछन् । शरीरको वजन बढाउने जुनसुकै खाना जस्तै मैदा, ह्वाइट राइस पनि वजन बढाउने गर्छन् । तिनीहरुमा सही पोषण हुँदैन, मिनिरलको सही मात्रा हँुदैन । त्यसैले यस्ता खानाले उच्च रक्र चाप बढाउन मद्दत गर्छ । धुम्रपान र मध्यपानले पनि उच्च रक्तचाप बढाउँछ । त्यसैले यस्तो खानाबाट टाढै बस्नु पर्छ ।

उच्च रक्तचाप नियन्त्रणमा राख्न फाइबरयुक्त खानेकुरा खानुपर्छ । नुनको मात्र कम गर्ने, चिल्लो भएको खानेकुरा कम खाने र डाल्डाबाट बनेका खानेकुरा खाँदै नखाने गर्दा उपयुक्त हुन्छ ।
पशुजन्य पदार्थ दूध, दही, घिउ ठिक्क मात्रमा खाने गर्नुपर्छ । उच्च रक्तचाप भइसकेकाहरुले औषधिमात्र खाएर खानामा कुनै परिवर्तन गरेनन् भने लाभदायी हुँदैन । त्यसैले रक्तचाप नियन्त्रणमा राख्न जीवशैलीमा परिवर्तन गर्न जरुरी छ ।

धुम्रपान र मध्यपानबाट टाढै बस्ने, शारीरीक कसरत गर्ने, खानपानमा परिवर्तन गर्ने गर्नुपर्छ । स्वास्थ्यवद्र्धक खानेकुरा खाने गर्नाले शरीरमा धेरै फाइदा हुन्छ । ब्लड प्रेसर आफैंमा एउटा डरलाग्दो दीर्घ रोग हो । यसले गर्दा थुप्रै रोगहरु निम्तिने गर्छनन् । मुटुरोग, मस्तिष्कघात, मधुमेह जस्ता रोगहरुको यो कारक हो ।

स्वस्थ खाना र सही जीवनशैली अपनाइयो भने रक्तचाप मात्रै होइन, योसँग सम्बन्धित धेरै रोगबाट जोगिन सकिन्छ । खाना खाँदा नुनको मात्र कम गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा २ ग्राम भन्दा कम सोडियम खानु भनेको छ । यसको अर्थ दिनमा ५ ग्राम भन्दा कम नुन खानुपर्छ भन्ने हो ।

केरा, सुन्तला, तरकारीमा हरियो सागपात, गेडागुडी, फर्सी, चना खाँदा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ । सिलाम, तिल, आलस ,फर्सीको बियाँ, ओखर, दूध, दही ठिक्क मात्रामा खाने हो भने रक्तचाप नियन्त्रण हुन्छ ।

हामीले घरमा फलाएको खानालाई मिसावट नगरी खाने गर्दा पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । मासु खाँदा बोसो रहित खाने, फलफूल खाने, जुस भन्दा फलफूलनै खाँदा राम्रो मान्न सकिन्छ ।

नुनिलो र सोडियमयुक्त खानु भन्दा आफ्नै घरमा बनाएको ताजा र हेल्दी खाना खाने हो । पोषिलो खानाको विभिन्न थरिका खानुपर्छ । प्याकेटका बनेर आएका चिज खान बन्द गर्नु पर्छ । घरको काम गर्ने, दैनिक एक घण्टा कसरत गर्ने र हिँडहुल गर्ने हो भने पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ ।

(स्वास्थ्य खवरबाट)

 

पछिल्लो समाचार

आज पूर्वीद्वार साकोसको १८औँ स्थापना दिवस

अघिल्लो समाचार

कसरी घटाउन सकिन्छ सुगर

Related Posts

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित
banner

मेची उद्योग बाणिज्य संघको अध्यक्षमा प्रसाईं निर्वाचित

बैशाख २७, २०८३, १:४८ .आइतवार
बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.