झापा, ९ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक वोर्ड नेपालमा पुगेका मन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्र नहुने गरि सुरक्षित रुपमा सडक मर्मत र सुरक्षामा परिचालित हुन निर्देशन दिएका हुन् ।
अधिकांश नेपाली यात्रु सडक मार्गमानै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरि सवै कार्यालय र जनशक्ति परिचालित गर्न उनको निर्देशन थियो ।
सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामिण सडकहरुको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहज बनाउन समेत उनले वोर्डलाई निर्देशन दिएका थिए ।
त्यस क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वोर्डलाई प्रभावकारी बनाउने केहि नीतिगत सुधारको कदमअघि बढि सकेको मन्त्री दाहाललाई जानकारी गराए ।
वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले वोर्डलाई प्राप्त हुने विभिन्न श्रोतको रकम सोझै वोर्डमा प्राप्त हुने कानुनी व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गरि दिन मन्त्री समक्ष माग गरे ।




Discussion about this post