झापा, १२ साउन । सौर्य एयरलाइन्सले शुक्रबार विज्ञप्ति जारी गरेर मृत्यु भएकालाई श्रद्वाञ्जली, घाइतेको स्वास्थ्य लाभको कामना र पीडित परिवारलाई सहयोग, साथ र सदभाव रहने बताएको छ ।
सौर्य एयरलाइन्सले विज्ञप्तिमा पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्म सहयोग, साथ र सदभाव रहने बताएको छ ।
एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको उल्लेख छ । ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने यति धेरै प्रतिष्ठित विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनाहार विज्ञ व्यवक्तित्व गुमाउनु परेको यस दुःखद घडिमा शोकमा रहनु भएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।
पोखरेलले एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम गर्दै आएका मित्र तथा सहयोगी गुमाउँदा मर्माहत तथा भावविह्वल भएको बताएका छन् ।
दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–‘सौर्य एयरलाइन्सलको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठा पूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिरस्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ ।’
Discussion about this post