बिर्तामोड, २३ कात्तिक । आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास लोकार्पण गरिएको छ ।
लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज बिर्तामोड स्थित सिटी सेन्टर पार्टी प्यालेसमा एक ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार कृष्ण धरावासी लगायतले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममाप्रा.डा.टंक न्यौपाने, प्रा.डा.बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा.बालचन्द्र सुब्वाको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले विभिन्न संगीतमय नित्य तथा गीतहरु प्रस्तुत गरेका थिए ।
झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रमको स्वागत डा. कुमार सुवेदी, लेखकको परिचय रिता पोखरेलले गराएकी थिइन् । कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुंगेलले गरेका थिए ।
Discussion about this post