
मेचीनगर, २४ पुस । ईटाभट्टाका ३२ जना व्यवसायीहरुले आ-आफ्नाे ढक, तराजु नाप्ने-तौल्ने उपकरणको परीक्षण, जाँच र नवीकरण गरेका छन् ।
विहीबार मेचीनगर-७ स्थित अधिकारी किराना पसल अगाडि डाेर टाेलीबाट ३२ जना व्यवसायीहरू मध्ये २४ जनाले सदस्यता नविकरण गरेका हुन् ।
ईटाभट्टामा नाप ताैल कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महासचिव दिनेश शाक्य, सदस्यहरू सन्ताेष खवास, मानकुमार कटुवाल, आनन्द खड्का, विनाेद बानियाँ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्य र मेची उद्योग बाणिज्य संघको आयोजनामा बुधवारदेखि नगरको पाँच ठाउँमा डोर टोली खटिएको छ ।
पुस २९ गतेसम्म सञ्चालन हुने डोर टोलीको पहिलो दिन हिजाे काँकरभिट्टामा ४२ वना मध्ये ३३ जनाले सदस्यता नविकरण गरेका थिए ।
व्यवसायीहरुले काँटा, ढक, तराजु, लिटर, मिटर जाँच गरेर नवीकरण र अनुमतिपत्र लिएका थिए ।
डोर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका सहायक निरीक्षक अमितकुमार कर्ण, सिनियर मिस्त्री (सीमी) द्वय हरेराम महतो र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे, संघका कर्मचारीहरु रहेका छन् ।
व्यवसायीको सहजताका लागि पुस २५ गते शुक्रबार संघको सचिवालय धुलाबारीमा डाेर टाेली खटिनेछ ।
त्यस्तै पुस २८ गते धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र पुस २९ गते चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स अगाडि डोर टोली खटिने संघले जनाएको छ ।




Discussion about this post